प्रहरीद्वारा तीन राउन्ड हवाई फायर, लागुऔषधसहित एकजना पक्राउ

मेराज सल्मानी
बाँके । बाँके प्रहरीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। लागूऔषध नियन्त्रण ब्युरो टोलीले नेपालगन्ज उपमहानगरपालिका–४ गणेशपुर क्षेत्रबाट तीन राउन्ड हवाई फायर गरि खैरो हेरोइनसहित इलियास अहमदलाई पक्राउ गरेको हो।
ब्युरोको टोलीले विशेष सूचनाका आधारमा कारबाही गर्ने क्रममा २ सय ८० ग्राम १ सय ६० मिलिग्राम खैरो हेरोइनसहित अहमदलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।
शंकास्पद गतिविधि देखिएपछि नियन्त्रणमा लिन खोज्दा अवस्था तनावपूर्ण बनेपछि आत्मरक्षाका लागि हवाई फायर गर्नुपरेको प्रहरीले जानकारी दिए ।
पक्राउ परेका अहमदलाई जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासतमा राखी आवश्यक अनुसन्धान भईरहेको जनाएको छ। बाँके प्रहरीले लागूऔषध कारोबार विरुद्ध अभियानलाई थप कडाइका साथ अगाडि बढाइने बताइएको छ।





