जानकी ४ मा कम्बल वितरण

साेनु खान

नेपालगन्ज । बाँकेको जानकी गाउँपालिका वडा नम्बर ४ ले जेष्ठ नागरिक, अपाङ्गता भएका, एकल महिला तथा अति विपन्न परिवारलाई न्यायो प्रदान गर्न सम्मान सहित कम्बलहरु वितरण गरेको छ ।
पुषको शुरुवातसँगै बाँकेमा बाक्लो हुस्सु र शीतलहर बढेर घाम नलाग्ने दिन, चिसो हावा र बढ्दो जाडोले गरिब, वृद्ध, अपाङ्गता भएका र असहाय नागरिकको दैनिकी कष्टकर बनेको अवस्थालाई मध्यनजर गर्दै जानकीको ४ नम्बर वडा कार्यालयले न्यानो कम्बल वितरण गरेको हो ।


जानकी गाउँपालिका ४ नम्बर वडा कार्यालयले चिसोबाट नागरिकलाई जोगाउने उद्देश्यले वडाका सम्पूर्ण जेष्ठ नागरिक, अपाङ्गता भएका, एकल महिला तथा अति विपन्न परिवारलाई कम्बल वितरण गरिएको वडाध्यक्ष रमेश कुमार बर्माले जानकारी दिनुभयो । वडा अध्यक्ष बर्माले स्थानीय सरकारले नागरिकको दुःख–सुखमा साथ दिनु आफ्नो दायित्व भएको बोध गर्दै ज्येष्ठ नागरिक, गर्भवती तथा सुत्केरी महिला, अपाङ्गता भएका व्यक्ति र अति विपन्न परिवारलाई प्राथमिकतामा राखेर कम्बल वितरण गरिएको जानकारी दिनुभयो ।


जानकीका प्रमुख प्रशासकीय अधिकृत प्रशुराम उपाध्यायका अनुसार पुस लाग्ना साथ जाडो असामान्य रूपमा बढेपछि जोखिममा परेका नागरिकलाई तत्काल राहत दिन वडाले कार्यक्रम अघि बढाएको बताउनु भयो । उहाँले यो सहयोग चिसोबाट ज्यान जोगाउने उपायका रूपमा लिइएको बताउनु भयो ।


कार्यक्रममा योजना शाखा प्रमुख तथा सूचना अधिकारी शोभा पौडेलले जाडोको समयमा यस्ता राहत कार्यक्रमलाई थप प्रभावकारी बनाउनुपर्ने सुझाव दिदै उहाँले कम्बलसँगै खाना र न्यानो कपडाको व्यवस्था गर्न सके सहयोग अझ उपयोगी हुनेमा जोड दिनुभयो ।

कार्यक्रममा वडाले वास्तविक लाभग्राहीको पहिचान गरी पारदर्शी रूपमा कम्बल वितरण गरेपछि स्थानीय वृद्धवृद्धाले राहत महसुस गरेका छन् । कम्बल वितरण कार्यक्रममा वडाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, योजना शाखा प्रमुख, कार्यपालिका सदस्य, वडा सदस्यहरु लगायतका कर्मचारीको सहभागिता रहेको थियो ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button