बाँके २ मा एमालेबाट गुरुङ सिफारिस

नेपालगन्ज । नेकपा (एमाले) बाँके क्षेत्र नम्बर २ बाट पार्टीका जिल्ला अध्यक्ष निरक गुरुङ सहित ३ जनाको नाम सिफारिस भएको छ।

क्षेत्रीय समन्वय कमिटीको शनिबार बसेको बैठकले सो क्षेत्रबाट गुरुङ सहित कृष्ण प्रसाद श्रेष्ठ र अक्षरी पोखरेलको नाम सिफारिस गर्ने निर्णय गरेको क्षेत्रीय समन्वय कमिटीका संयोजक भास्कर काफ्लेले जानकारी दिनु भयो ।

उम्मेदवार सिफारिस गर्न क्षेत्र नम्बर १ को बैठकले पार्टीका केन्द्रीय कमिटीका सदस्य तथा विघटित प्रतिनिधि सभाका सदस्य समेत रहेका सूर्य ढकालको एकल नाम सिफारिस गरेको छ ।

क्षेत्र नं ३ को बैजनाथ बनकटुवामा क्षेत्रीय समन्वय कमिटीको बैठकले पनि एकल नाम सिफारिस गरेको छ । क्षेत्र नम्बर ३ मा पूर्वमन्त्री दलबहादुर सुनार, किस्मत कक्षपति, पदम धिताल, लालबहादुर खत्री, करिम खान लगायतले दाबी पेस गरेपनि पुर्वमन्त्री सुनारको नाम एकल रुपमा सर्वसम्मत सिफारिस गर्ने निर्णय गरेको हो ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button