नेपालगञ्ज सुनचाँदी व्यवसायी संघको साधारण सभा भव्य सम्पन्न 

नेपालगन्ज । नेपालगन्ज सुनचाँदी व्यवसायी संघ बाँकेको आठौं र नवौं बार्षिक साधारणसभा  नेपालगन्जमा सम्पन्न भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका केन्द्रिय वरिष्ठ उपाध्यक्ष दियेश रत्न शाक्यको प्रमुख अतिथ्यतामा आठौं र नवौं बार्षिक साधारणसभा औपचारिक रूपमा सम्पन्न भएको हो ।

साधारण सभालाई सम्बोधन गर्दै नेपाल सुनचाँदी व्यवसायी महासंघका केन्द्रिय उपाध्यक्ष दियेश रत्न शाक्यले सुनचाँदी व्यवसायीहरुले आर्थिक परिस्थितिमा टेवा दिइरहेको बताउनुभयो । देशमा आर्थिक मण्डि चलिरहेको बेला बिकासलाई थप उर्जा दिन व्यवसायी चाहिने उहाँले बताउनुभयो ।

ललितपुर सुनचाँदी व्यवसायी संघका अध्यक्ष सुबिन बज्राचार्यले नेपालभर अहिले २५ हजार सुनचाँदी व्यवसायी रहेका छन् । जसमा करिव ४ लाख नेपाली नागरिकलाई रोजगार सृजना गरेको उहाँले बताउनुभयो ।

यस्तै नेपाल सुनचाँदी व्यवसायी महासंघका केन्द्रिय उपाध्यक्ष बुद्धि बहादुर बिक, नेपाल सुनचाँदी व्यवसायी महासंघका केन्द्रिय सदस्य संजय सोनी, नेपाल सुनचाँदी व्यवसायी महासंघका लुम्बिनी प्रदेश उपसभापति हिमान्सु बैश्य, वडा प्रहरी कार्यालय नेपालगन्जका प्रहरी नायव निरीक्षक मोहन ओली, नेपालगन्ज सुनचाँदी व्यवसायी संघ बाँकेका पुर्वअध्यक्ष श्याम कुमार टण्डन, नेपालगन्ज सुनचाँदी व्यवसायी संघ बाँकेका पुर्वअध्यक्ष साँवली प्रसाद पोरवाल, बर्दिया सुनचाँदी व्यवसायी संघका अध्यक्ष कृष्ण सुनार, बाँके सुनचाँदी तथा व्यवसायी संघ कोहलपुरका उपाध्यक्ष जगत रामदाम तथा नेपालगन्ज सुनचाँदी कालिगड संघका अध्यक्ष धन बहादुर बरालले मन्तव्य राख्नुभएको थियो ।

साधारण सभामा दैनिक नेपालगन्जका अध्यक्ष एवम् नेपालगन्ज सुनचाँदी व्यवसायी संघ बाँकेका प्रेस सल्लाहकार झलक गैरे र नेपालगन्ज सुनचाँदी व्यवसायी संघ बाँकेका पुर्वअध्यक्षलाई दोसाल ओढाएर मायाको चिनोसहित सम्मान गरिएको छ । यस्तै नेपालगन्ज सुनचाँदी व्यवसायी संघ बाँकेको भवन निर्माण कार्यमा अहम जिम्मेवारी र समयमा कार्य सम्पन्न गराउन योगदान पुर्याएको बालाजी कन्स्ट्रक्सनका पवन राढलाई उचित मुल्यांकन गर्दै प्रमाणपत्र दिएर सम्मान गरिएको हो ।नेपालगन्ज सुनचाँदी व्यवसायी बाँकेका अध्यक्ष सलाउद्दीन जसगढको सभाध्यक्षतामा भएको कार्यक्रममा नेपालगन्ज सुनचाँदी व्यवसायी संघ बाँकेका महासचिव सुखनारायण सोनारले सञ्चालन गरेका थिए । भने कार्यक्रममा करीब १ सयजना सुन व्यवसायीको उपस्थिति रहेको थियो ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button