बाँकेमा पाटेबाघको आक्रमणबाट एक जनाको मृत्यु

मेराज सल्मानी
नेपालगंज । बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा पाटेबाघको आक्रमणबाट एक व्यक्तिको मृत्यु भएको छ। स्थानीय बासिन्दाका अनुसार गाई चराउन गएका बेला शनिबार दिउँसो करिब १ः३० बजेतिर बाघले आक्रमण गरेको हो।

बाँके राष्ट्रिय निकुञ्ज अन्तर्गत पर्ने ‘बिचार दमार’ नामक जंगलमा भएको उक्त आक्रमणमा राप्ती सोनारी गाउँपालिका–१ कुसुमस्थित सौरी निवासी ६२ वर्षीय मरिचमान भण्डारीको ज्यान गएको पुष्टि गरिएको छ।

घटनापछि सुरक्षाका लागि बाँके राष्ट्रिय निकुञ्जको पहलमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, निकुञ्जका कर्मचारी, स्थानीय जनप्रतिनिधि तथा स्थानीय बासिन्दासहितको संयुक्त टोली घटनास्थल पुगेको छ।

बाँके राष्ट्रिय निकुञ्जका अनुसार हाल मृतकको शव फेला पारेर घटनास्थलमै मुचुल्का प्रक्रिया भइरहेको छ। घटनापछि स्थानीयवासी त्रसित बनेका छन् भने निकुञ्ज प्रशासनले थप सतर्कता अपनाउन स्थानीयलाई आग्रह गरेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button