जिल्ला प्रशासनमा बसेको बैठकले सामाजिक सञ्जालमा घृणा फैलाउने सामग्रीको नियमन गर्ने निर्णय

बैठकमा धार्मिक सद्भाव र सामाजिक एकता कायम गर्ने प्रतिबद्धता

नेपालगञ्ज । जिल्ला प्रशासन कार्यालय बाँकेको आह्वानमा आज बसेको सर्वदलीय एवम् सर्वपक्षीय बैठकमा धार्मिक सद्भाव र सामाजिक एकता कायम गर्ने प्रतिबद्धता ब्यक्त गरिएको छ ।मंगलबार बसेको सर्वदलीय एवम् सर्वपक्षीय बैठकमा सहभागीहरुले धार्मिक सद्भाव र सामाजिक एकता कायम गर्ने प्रतिबद्धता व्यक्त गरिएको हो ।

‘सद्भावको सहर’ नेपालगञ्जको पहिचानलाई जोगाइराख्न सबै प्रतिबद्ध हुनुपर्नेमा बैठकमा सहभागीहरुले जोड दिएका छन् । बैठकले सामाजिक सञ्जाल तथा सञ्चार माध्यममा घृणा, द्वेष र उत्तेजना फैलाउने सामग्रीको नियमन गर्ने निर्णय गरेको छ ।

प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङको अध्यक्षतामा बसेको बैठकले त्यस्ता कर्ममा संलग्नलाई कानुनी दायरामा ल्याएर दण्डित गराउने र त्यसको लागि सबैले सहयोग गर्ने निर्णय गरेको हो ।

यसैगरी धार्मिक र्‍यालीलाई ब्यवस्थापन गर्ने, र्‍यालीमा हातहतियार निषेधित गर्ने, ध्वनी प्रदुषण नियन्त्रण गर्ने, प्रशासनको पूर्व अनुमति लिएर निश्चित रुटमा मात्र र्याली निकाल्न पाइने निर्णय समेत गरिएको छ ।बैठकमा फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको अहिलेसम्मको तयारीबारे जिल्ला निर्वाचन कार्यालय बाँकेका जिल्ला निर्वाचन अधिकारी टेक बहादुर शाहीले जानकारी दिए । समसामयिक विषयबस्तुमा केन्द्रित रहेर छलफल गरिएको थियो ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button