अनेरास्ववियु बाँकेले खुला वक्तृत्वकला प्रतियोगिता आयोजना गर्ने

मोहम्मद आमिन हलवाई

नेपालगञ्ज । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन बाँकेले वक्तृत्वकला प्रतियोगिता सञ्चालन गर्ने भएको छ ।

अनेरास्ववियु बाँकेले राष्ट्र र राष्ट्रियता विषयक बाँके जिल्लास्तरीय खुल्ला वक्तृत्वकला प्रतियोगिता आयोजना गर्न लागेको हो ।

खुला वक्तृत्वकला प्रतियोगिता आगामी माघ २९ गते बाँकेको कोहलपुरमा आयोजना हुने अनेरास्ववियु बाँकेका अध्यक्ष प्रकाश विश्वकर्माले जानकारी दिनुभएको छ । खुल्ला वक्तृत्वकला प्रतियोगिता सञ्चालन गर्ने कार्यक्रमको जानकारी दिन आज शुक्रबार नेपालगञ्जमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष विश्वकर्माले देशको वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिनुभयो ।

पत्रकार सम्मेलनमा संगठनका जिल्ला अध्यक्ष विश्वकर्माले कार्यक्रमको उद्देश्य, तयारी र सहभागिताबारे जानकारी गराउनुभयो। उहाँका अनुसार युवाहरूको बौद्धिक क्षमता अभिवृद्धि गर्ने तथा राष्ट्रिय चेतनालाई उजागर गर्ने उद्देश्यले खुला वक्तृत्वकला प्रतियोगिता आयोजना गर्न लागिएको हो।

प्रतियोगितामा विद्यार्थी तथा इच्छुक युवाहरूको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ। कार्यक्रमलाई सफल बनाउन सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको जिल्ला अध्यक्ष बिकले जानकारी दिनुभयो।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button