एमालेले फेर्यो बाँके ३ को उम्मेदवार, सुनारको सट्टा मल्ललाई टिकट

सचिवालयले आइतबार दल बहादुर सुनारलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो, तर २४ घण्टा नबित्दै निर्णय फेरिएको हो।
बाँके । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि बाँके ३ मा नेकपा एमालेले उम्मेदवार परिवर्तन गरेको छ ।
एमालेको तर्फबाट खजुरा गाउँपालिका वडा १ का पुर्ववडाध्यक्ष तथा २०७९ मा गाउँपालिका अध्यक्षको उम्मेदवार बनेका युवा नेता सुमन मल्ललाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
यसअघि शनिबार बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले दल बहादुर सुनारलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । २४ घण्टा नबित्दै सो निर्णय फेरिएको हो ।
एमालेले बाँके १ र २ मा क्रमशः सुर्य ढकाल र पुर्वमन्त्री मोहम्मद इश्तियाक राईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । यो निर्णय भने यथावत नै छ ।





