विकास र समृद्धिका लागि एमालेको सुर्य चिन्हमा मतदान गरौं: पुर्व मन्त्री राई
नेपालगन्ज । आसन्न फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधि सभा सदस्य निर्वाचन हुने तयारी पूरा भएसँग बाँकेमा पनि चुनावी शरगर्मी बढेकाे छ । बाँकेका तीनवटै निर्वाचन क्षेत्रमा उत्तिकै प्रतिस्पर्धा देखिएको हो ।
राजनीति दलहरू चुनावी प्रचारमा लागिपरेका छन । एमालेका तर्फबाट बाँकेकाे निर्वाचन क्षेत्र १ मा सुर्य ढकाल, २ मा मोहम्मद इस्तियाक राई र निर्वाचन क्षेत्र नम्बर ३ मा सुमन मल्ल चुनावी मैदानमा हुमिएका छन् ।
देशकाे समृद्धि, सुशासन र बलियो लाेकतन्त्रका लागि एमालेकाे जीत अपरिहार्य रहेकाे भन्दै पुवर्मन्त्री समेत रहेका राई दुई नम्बर क्षेत्रका जनतासँग नेकपा एमालेको सूर्य चिन्हमा मतदान गरि भारी मतले उम्मेदवारलाई विजयी बनाउन अपील गरेका छन् ।
उनले क्षेत्र २ मा एमालेकाे प्रतिस्पर्धा काङ्ग्रेससंग भएपनि मतदाताले एमाले माथिको विश्वास कायम राख्ने र जनताकाे भावनासँग एमाले नै घुलमिल भएकोले एमालेकाे जीत सुनिश्चित रहेको दाबी गरे ।
यस क्षेत्रका मतदातासँग विगतमा गरेको कामको मुल्यांकन गर्दै भविष्यमा यस क्षेत्रको विकास, समृद्धिका लागि एमालेमा मतदान गर्न पनि उनले मतदातासँग आग्रह गरेका छन् ।





