रेशम चौधरीको उम्मेदवारी खारेज, कैलाली–१ बाट दिएको दर्ता बदर

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) नेपालका संरक्षक रेशम चौधरीको उम्मेदवारी खारेज गरिएको छ।
चौधरीले कैलाली निर्वाचन क्षेत्र नम्बर–१ बाट उम्मेदवारी दर्ता गराएका थिए।

तर मुख्य निर्वाचन अधिकृतको कार्यालयले मंगलबार उनको उम्मेदवारी बदर गर्ने निर्णय गरेको हो।

टीकापुर हत्याकाण्डमा दोषी ठहर भई जन्मकैदको सजाय भोगेका र पछि राष्ट्रपतिबाट आममाफी पाएका चौधरीको उम्मेदवारीविरुद्ध उजुरी परेपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले कानुनलाई आधार मानेर उम्मेदवारी खारेज गर्ने निर्णय सुनाएको बताइएको छ।

यस विषयमा थप कानुनी प्रक्रिया र आगामी निर्णयबारे सम्बन्धित निकायबाट थप जानकारी आउन बाँकी रहेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button