साइकल उत्सवको मुख्यमन्त्रीलाई निम्ता

नेपालगन्ज  । नेपालगन्ज साइक्लिङ क्लबले फागुन ७, ८ र ९ गते आयोजना गर्न लागेको नेपालगन्ज साइकल फेस्टिभल-२०८२ को तयारी अन्तर्गत विहीवार लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री चेतनारायण आचार्यसंग भेटघाट गरिएको छ ।

नेपालगन्ज साइक्लिङ क्लबका प्रतिनिधिमण्डल मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यसङ्ग भेटघाट गरेको हो ।

क्लबका पुर्व अध्यक्ष सतिश निरौलाले दिएको जानकारी अनुसार नेपालगन्ज साइकल फेस्टिभल अन्तर्गत आयोजना गर्न लागेको टुर डे ठाकुरद्वाराको आठौं सस्करणको तयारी तीब्र रुपमा अगाडि बढिरहेको छ ।

कार्यक्रमको तयारी स्वरुप कार्यक्रमका सरोकारवालाहरु सङ्गको भेटघाट र छलफललाई नियमित रूपमा अगाडि बढाइरहेको कार्यक्रम संयोजक प्रदीप सापकोटाले जानकारी दिए ।

क्लबका अध्यक्ष कविराम बुढाथोकीले यसपटक “मुख्यमन्त्री सङ्ग साइकल यात्रा ” भनिएको र सोही अनुसार कार्यक्रमबारे विस्तृतमा जानकारी दिनुका साथै कार्यक्रममा सहभागिताको लागी समेत मुख्यमन्त्री आचार्यलाई निमन्त्रणा गरिएको जानकारी दिए ।

पुर्व अध्यक्ष सतिश निरौलाका अनुसार मुख्यमन्त्रीले बाँके बर्दियाको पर्यटन प्रवद्र्धनका लागी आयोजित कार्यक्रममा प्रदेश सरकारले समेत सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button