पुर्वमन्त्री राईद्वारा मतदातासँगको भेटघाट तीब्र

नेपालगञ्ज । नेकपा एमालेबाट बाँके क्षेत्र नम्बर २ का उम्मेदवार पुर्वमन्त्री मोहम्मद ईश्तियाक राई स्थानीय मतदाताहरूसँग भेटघाट गरेका छन् । आगामी फागुन २१ गते हुन लागेको निर्वाचन बाँके -२ का प्रतिनिधि सभा सदस्य इस्तियाक राईले मतदाता तथा कार्यकर्ताहरूसँग मंगलबार भेटघाट गरेका हुन ।पुर्वमन्त्री राईले बाँकेको डुडुवा गाउँपालिकाको पाझा चौफेरीमा स्थानीयको घरघरमा पुगेर डुबान पिडितहरुको पिरमर्का र समस्या सुन्नु भएको छ । उनि डुडुवा क्षेत्रमा विना कुनै पूर्व सूचना जनताको सामु पुगेपछि स्थानीय वासिन्दा निकै उत्साहित भएका थिए ।

डुडुवा गाउँपालिकाको वडा नम्बर-१ स्थित छिटैपुर्वा, टेपती, पाझा, पप्पु पाझा, कृषि चौफेरी, बाेर्डर चौफेरी, टेपरी र पिप्रहवाका स्थानीय अगुवा तथा कार्यकर्ताहरूसँगको भेटघाट निकै उत्साहजनक रहेको बताउनुभयो ।

जनताको गाउँ- घरमा पुगेर स्थानिय अगुवाहरुसँग भलाकुसारी समेत गरेकाले यस कदमबाट उनको लोकप्रियता अत्याधिक बढेको स्थानीय बताउँछन् ।

भेटघाट क्रममा जनतासँग नेकपा एमालेको सूर्य चिन्हमा मतदान गरि भारी मतले उम्मेदवारलाई विजयी बनाउन पुर्वमन्त्री राईले अपील गरेका छन् । उनले क्षेत्र नम्बर २ मा एमालेकाे प्रतिस्पर्धा काङ्ग्रेससंग भए तपनि मतदाताले एमाले माथिको विश्वास कायम राख्ने र जनताकाे भावनासँग एमाले नै घुलमिल भएकोले एमालेकाे जीत सुनिश्चित रहेको दाबी गरेका हुन ।निर्वाचन क्षेत्र-२ का मतदातासँग विगतमा गरेको कामको मुल्यांकन गर्दै भविष्यमा यस क्षेत्रको विकास, समृद्धिका लागि एमालेमा मतदान गर्न पनि उनले मतदातासँग अपील गरेका छन् ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button