पार्टी निर्णयविपरीत उम्मेदवारी दिएपछि कृष्ण केसी ‘नमुना’ पार्टीबाट निष्कासित

मेराज सल्मानी
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले पार्टीको आधिकारिक निर्णयविपरीत उम्मेदवारी दिएको भन्दै केन्द्रीय सदस्य कृष्ण केसी ‘नमुना’ (बाँके) लाई पार्टीबाट निष्कासन गरेको छ।

पार्टी केन्द्रीय कार्यालयले २०८२ माघ १२ गते जारी गरेको निर्णयअनुसार आगामी २०८२ फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनमा केसीले पार्टीले तोकेको निर्वाचन चिह्नबाहेक अर्कै दलको निर्वाचन चिह्नबाट उम्मेदवारी दिएको भन्दै अनुशासनात्मक कारबाही गरिएको जनाएको छ।

पार्टीका अनुसार उक्त कार्य पार्टी विधानको दफा १०६ विपरीत भएकाले अनुशासनको कारबाहीस्वरूप केसीलाई पार्टी सदस्यताबाट निष्कासन गरिएको हो।

निर्णयमा पार्टी अनुशासन उल्लंघन गर्ने गतिविधिलाई कुनै हालतमा स्वीकार नगर्ने स्पष्ट गर्दै, पार्टीका सह–संयोजक माधवकुमार नेपाल र संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संयुक्त रूपमा हस्ताक्षर गरेका छन्।

पार्टी नेतृत्वले यो निर्णयमार्फत निर्वाचनमा पार्टी निर्णय, अनुशासन र एकतालाई कडाइका साथ पालना गरिने सन्देश दिन खोजिएको बताएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button