मतदातासँग प्राथमिकतामा राखेर काम गर्ने इस्तियाक राईको प्रतिबद्धता

राईले उम्मेदवारी मनोनयन दर्तासँग यस क्षेत्रका विभिन्न वडाका टोलमा पुगेर शनिबार वडा नम्बर १९ र नेपालगन्ज २० का मतदातासँग प्रत्येक्ष भेटघाट गरेर आकांक्षा बुझिरहेका छन्  ।

नेपालगन्ज । नेकपा एमालेका बाँके निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार मोहम्मद इस्तियाक राईले योग साधना केन्द्र नेपालगन्जका मतदाताहरूसँग छलफल गरेका छन् । उम्मेदवारी मनोनयन दर्तासँग बाँके क्षेत्र नं. २ का विभिन्न स्थानका अगुवा तथा कार्यकर्ता मतदातासँग प्रत्येक्ष भेटघाट गरि छलफल गरेका हुन् ।राईले उम्मेदवारी मनोनयन दर्तासँग यस क्षेत्रका विभिन्न वडाका टोलमा पुगेर शनिबार वडा नम्बर १९ र नेपालगन्ज २० का मतदातासँग प्रत्येक्ष भेटघाट गरेर आकांक्षा बुझिरहेका छन्  । उनले मतमात्रै मागेनन् आफुले विगतका गरेका कामहरूबारे बोल्दै आगामी दिनमा कस्ता योजना आवश्यक छन् भनेर सोधेका थिए ।

उम्मेदवार राई पछिल्लो निर्वाचनमा पराजित भएका थिए । उनले तीन बर्षको अवधीमा बाँके क्षेत्र नं. २ मा निर्वाचित सांसदले कुनै काम नगरेको उल्लेख गर्दै आफु निर्वाचित भएपछि द्रुत रूपमा विकासको काम अगाडि बढाउने बताए । ‘मैले जति काम गर्न सक्नु त्यतिमात्रै प्रतिबद्धता जनाउँछु, मतदाता माझ उम्मेरदवार राईले भने ।

भेटघाटका क्रममा नेकपा एमालेका उम्मेदवार राईले स्थानीय बासिन्दाका समस्या, आवश्यकता र सुझाव सुन्दै विकास, सुशासन, रोजगारी र जनजीवनसँग जोडिएका विषयलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले देशको स्थायित्व र समृद्धिका लागि नेकपा एमालेको नीति र कार्यक्रम प्रभावकारी रहेको बताए ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button