एमालेको प्रचारप्रसार सम्पर्क कार्यालय नेपालगन्जमा गरे राईले उद्घाटन

नेपालगन्ज । बाँकेको क्षेत्र नम्बर २ अन्तर्गत पर्ने नेपालगन्ज उपमहानगर पालिकामा आइतबार नेकपा एमालेका उम्मेदवार मोहम्मद इस्तियाक राईको वडा नम्बर २ मा पहिलो पटक निर्वाचन प्रचारप्रसार सम्पर्क कार्यालय सञ्चालनमा ल्याइएको छ ।आगामी फागुन २१ गते हुन लागेको  निर्वाचनलाई लक्षिसमितिकोत गरेर क्षेत्र नम्बर २ को विभिन्न स्थानमा प्रचारप्रसार सम्पर्क कार्यालय सञ्चालनमा ल्याउने तयारी गरिएको हो ।

नेकपा एमाले नेपालगन्ज उपमहानगर पालिका बाँकेको आयोजनमा क्षेत्र नम्बर २ अन्तर्गत पर्ने यस वडाका निर्वाचन प्रचारप्रसार सम्पर्क कार्यालयको औपचारिक रूपमा रिबन काटेर उद्घाटन गरेका हुन् ।

उद्घाटन कार्यक्रममा प्रत्यक्ष उम्मेदवार राईसँगै समानुपातिक उम्मेदवारद्वय मोहम्मद हारून हलवाई र विजया धिताल, पार्टीका जिल्ला अध्यक्ष निरक गुरुङ, नेता, कार्यकर्ता तथा स्थानीय बासिन्दाको उल्लेख्य उपस्थिति रहेको थियो ।

पहाडी, मधेसी र मुस्लिम समुदायको मिश्रित बसोबास रहेको यस निर्वाचन क्षेत्रमा मतदाताको झुकाव कता जान्छ भन्ने विषयमा अहिल्यै ठोकुवा गर्न सकिने अवस्था छैन ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button