आज शब–ए–बरात पर्व मनाउँदै

नेपालगन्ज । मुस्लिम धर्मावलम्वीहरुले आज शब–ए–बरात पर्व मनाउँदैछन् । ईस्लामिक क्यालेन्डर अनुसार शाबान माहिनाको १४ तारीखमा यो पर्व मनाइन्छ । शब–ए–बरात पर्वको १५ दिनपछि पवित्र महिना रमजान पर्व सुरु हुन्छ ।

मुस्लिम धर्मावलम्वीहरु शब–ए–बरातको रात पूर्ण रूपमा प्रार्थनामा बिताउने परम्परा छ । नमाज, तिलावत–ए–कुरान, कब्रिस्तानको जियारत र हैसियत अनुसार दान यस रातको महत्वपूर्ण कार्यहरु रहेको धर्मगुरुहरु बताउँछन् ।

इवादत (पूजा), तिलावत र सखावत (दान) पर्वका लागि मस्जिद र कब्रस्तान (समाधिस्थल)मा विशेष सजावट गरिन्छ । शब–ए–बरात पर्वमा समाधिस्थलमा प्रथना गर्न चलन रहीआएको छ ।

गतरात एक वर्षमा गरेका कर्महरूको लेखाजोखा तथा आउने बर्षको गर्न कार्यको नीति नियम शब-एबरातको रातमा बनाइन्छ । आज राति आफ्नो परिवारसँग विभिन्न स्वादिष्ट मिठाई फातेहा गरि खाने चलन छ । यो पर्वको रातमा मुस्लिम इलाकामा शब एबरातको रौनक समेत रहन्छ ।

मुस्लिम धर्मावलम्बीहरुले शब–ए–बरातको अवसरमा मुस्लिम बहुल्य क्षेत्रमा मस्जिद, कब्रस्तानको सजावट तथा जल्सा समेतको कार्यक्रम हुनेगर्छ । शब–ए–बरात पर्वको अवसरमा आज राति नेपालगन्ज वडा नम्बर ३ स्थित फुल्वारी मस्जिद (मर्कज)मा जल्साको आयोजना गरिएको छ ।

इस्लाम धर्मको मन्यता अनुसार शब–ए–बरातको राती अल्लाहसँग बर माग्ने तथा रात भर नमाज र कुरानको पाठ वाचन गर्ने र भोलि विहान स्थानीय कब्रस्तान (समाधिस्थल) गई संसारबाट बिछोडिएका आफन्तजनको स्मरण र उद्धारको कामना गर्न  जाने गर्दछन ।

यस रात दान गरे जन्नत (स्वर्ग) जान पाउने धर्मिक विश्वास रहेको छ । आज र भोलि दुई दिन ब्रत अर्थात रोज बसेर धुमधामका साथ यो पर्व मनाइन्छ ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button