रास्वपाका उम्मेदवार सवार गाडीको ठक्करबाट ६ वर्षीय बालकको मृत्यु

रौतहट । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सगिर आलम सवार गाडीको ठक्करबाट ६ वर्षीय एक बालकको मृत्यु भएको छ। सगिर आलम रौतहट निर्वाचन क्षेत्र नम्बर–२ बाट रास्वपाका उम्मेदवार हुन्।

स्थानीय प्रत्यक्षदर्शीका अनुसार आलम सवार रहेको बा १५ च ४२४४ नम्बरको क्रेटा गाडीले बालकलाई ठक्कर दिएको थियो। दुर्घटनापछि उम्मेदवार आलम घटनास्थलबाट फरार भएको स्थानीयले आरोप लगाएका छन्।

प्रहरीले ठक्कर दिएको भनिएको उक्त गाडी नियन्त्रणमा लिएको जनाएको छ। घटनाका बारेमा थप अनुसन्धान भइरहेको र आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइने प्रहरीको भनाइ छ। घटनापछि स्थानीयवासी आक्रोशित बनेका छन् भने दोषीमाथि निष्पक्ष छानबिन र कडा कारबाहीको माग गरेका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button