बाँके निर्वाचन क्षेत्र नम्बर–२ मा एमालेको चुनावी अभियान तीव्र
नेपालगन्ज । नेकपा एमालेले बाँके निर्वाचन क्षेत्र नम्बर–२ मा आफ्नो चुनावी अभियानलाई तीव्र बनाएको छ।
सोही क्रममा नेकपा एमालेबाट क्षेत्र नम्बर–२ का प्रतिनिधिसभा उम्मेदवार मोहम्मद इस्तियाक राईले नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर–२२ मा सम्पर्क कार्यालयको उद्घाटन गरेका छन्।
उद्घाटन कार्यक्रममा उम्मेदवार राईले जनताको समस्या समाधान र विकासलाई प्राथमिकतामा राखेर चुनावी अभियान अघि बढाइने बताएका छन्। उनले पार्टीको नीति, सिद्धान्त र योजनालाई जनतामाझ लैजाने उद्देश्यले सम्पर्क कार्यालय स्थापना गरिएको उल्लेख गरे।
कार्यक्रममा एमालेका स्थानीय नेता, कार्यकर्ता तथा समर्थकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। उनीहरूले आगामी निर्वाचनमा एमालेको विजय सुनिश्चित गर्न एकजुट भएर लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
नेकपा एमालेले बाँके–२ का विभिन्न वडाहरूमा घरदैलो, कोणसभा तथा संगठन विस्तारका कार्यक्रमलाई निरन्तरता दिएको जनाएको छ।





