एमालेको बृहत महिला भेलामा सम्पन्न

महिलाहरूलाई स्वतन्त्ररूपमा आफ्नो मताधिकार प्रयोग गर्न आग्रह : इस्तियाक राई

नेपालगन्ज । नेपाल कम्युनिस्ट पार्टी कार्यालयमा आज बृहत महिला भेला सम्पन्न गरेको छ । नेकपा एमाले क्षेत्रीय महिला निर्वाचन परिचालन कमिटीले शनिबार नेपालगन्जमा आयोजित बृहत महिला भेलामा सम्पन्न गरेको हो ।आगामी फागुन २१ गते हुने निर्वाचनमा बाँके निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार मोहम्मद इश्तियाक राईले महिलाहरूलाई स्वतन्त्ररूपमा आफ्नो मताधिकार प्रयोग गर्न आग्रह गरे । राईले महिलाहरूलाई स्वतन्त्ररूपमा आफ्नो मताधिकार प्रयोग गर्न बताए । उनले समान हकअधिकार प्राप्तिका लागि महिलाहरू स्वयं चनाखो हुनुपर्नेमा जोड दिए । महिलालाई समान अधिकार दिलाउने र सशक्तिकरण गर्ने सवालमा यो निर्वाचन महत्वपूर्ण अवसर भएको हुँदा महिलाहरूले यो अवसरलाई खेर जानदिन नहुने “उनले” सुनाए ।

यो निर्वाचनमा खासगरी कानुन, नीति-नियम बनाउने र भौतिक पूर्वाधार निर्माणमा केन्द्रित हुने भएको जानकारी दिँदै राईले आफू विजयी भएमा विगतमा आफूले कानुन र पूर्वाधार निर्माणमा हासिल गरेको अनुभवले थप उल्लेख्य काम गर्न सक्ने दाबी गरे ।

भेरी अस्पतालको सेवासुविधा विस्तारलाई आफ्नो प्रमुख चुनावी मुद्दा बनाउनु भएका एमाले उम्मेदवार राईले आफू प्रतिनिधिसभा सदस्य नहुँदा समेत बाँकेमा स्वास्थ्य सेवा सुदृढ बनाउन सक्रिय भएको जानकारी दिए । उनले प्रदीप यादव स्वास्थ्यमन्त्री हुँदा आफूले करिब सवा ३ अर्बको योजना भेरी अस्पतालका लागि पारेको भएपनि पछि यादव स्वस्थ्य मन्त्रीबाट हटेपछि त्यो कार्यान्वयनमा आउन नसकेको बताए ।

भेरी अस्पतालको सुविधा विस्तार गरेरै छाड्ने दृढता व्यक्त गरेका राईले भने- ‘मन्त्री छँदा भेरी अस्पतालमा नयाँ भवनहरू बनाउन सकें । अब त्यहाँ पर्याप्त दक्ष जनशक्तिको व्यवस्था गर्ने हो,….र सेवासुविधा पनि विस्तार गर्ने हो’ । भेरी अस्पतालमा ट्रमा सेन्टर र मुटु रोगसम्बन्धी सहज उपचारको उपलब्धताका लागि आफू सक्रिय भएको “राईले” बताए ।यसैबीच नेपालगन्ज वडा नम्बर ६ र १८ मा स्थानीय अगुवा, कार्यकर्ता तथा मतदातासँग उम्मेदवार राईले भेटघाट गरेका छन् । वडा नम्बर १८ मा नयाँ पुस्ताका युवाहरू उल्लेख्य संख्यामा राईको समर्थनमा उत्रिएका थिए ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button