एमालेमै फर्किए दुई चर्चित नेता

विराटनगर । घनश्याम भुसाल नेतृत्वको एकीकृत समाजवादी पुनर्गठन अभियानका सचिव धर्म निरौला नेकपा एमालेमा फर्किएका छन्। एमाले विभाजनपछि नेकपा (एकीकृत समाजवादी) मा सक्रिय रहेका निरौला पुनः आफ्नो मूल पार्टीमा समाहित भएका हुन्।

निरौलासँगै पुनर्गठन अभियानका केन्द्रीय सदस्य चिरञ्जीबी भट्टराई पनि एमालेमा प्रवेश गरेका छन्।
धर्म निरौला लामो समयसम्म नेकपा एमाले सुनसरीको नेतृत्वमा रहँदै जिल्ला सचिव तथा अध्यक्षको जिम्मेवारी सम्हालिसकेका नेता हुन्। उनी संविधानसभा सदस्य समेत रहिसकेका छन्।

एमाले फर्किने निर्णयबारे प्रतिक्रिया दिँदै निरौलाले देश गम्भीर सङ्कटतर्फ उन्मुख भइरहेको बताएका छन्।
उनले भने, “देश सङ्कटमा फस्न लागेको छ। यस्तो अवस्थामा राष्ट्रवादी शक्तिहरू एकजुट हुनुपर्ने आवश्यकता देखिएको छ।”

उनले ‘नयाँ’को नाममा गरिएका प्रयोगले देश नै जोखिममा पर्ने अवस्था सिर्जना भएको दाबी समेत गरेका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button