बाँके एसपी जिसीद्वारा वडा प्रहरी कार्यालयको निरीक्षण

मेराज सल्मानी
बाँके। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक (एसपी) अंगुर जिसीले आज विभिन्न वडा प्रहरी कार्यालयको निरीक्षण गरेका छन्।निरीक्षणका क्रममा एसपी जिसीले वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक शेखर खड्कासहित मातहतका सम्पूर्ण प्रहरी कर्मचारीलाई आवश्यक निर्देशन तथा ब्रीफिङ दिएका हुन्।

उक्त अवसरमा उनले जिल्लाको शान्ति–सुरक्षा व्यवस्था, लागूऔषध नियन्त्रण, तथा आउँदो फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभाको आसन्न निर्वाचनलाई लक्षित गरी प्रहरीको भूमिका, जिम्मेवारी र सतर्कताबारे स्पष्ट निर्देशन दिएका थिए।

एसपी जिसीले निर्वाचनलाई निष्पक्ष, भयरहित र शान्तिपूर्ण रूपमा सम्पन्न गराउन प्रहरी संयन्त्रलाई उच्च सतर्कता अपनाउन आग्रह गर्दै नागरिकसँग समन्वय र पेशागत मर्यादामा काम गर्न निर्देशन दिएका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button