इस्तियाक राईलाई धम्बोझीका बासिन्दाले स्वागत गर्न पाउँदा उत्साहित, राईको जताततै चर्चा
नेपालगन्ज । बाँके निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार मोहम्मद इस्तियाक राईले आफ्नो चुनावी अभियानलाई तिब्र पारेपछि जताततै राईको चर्चा हुन थालेको छ । उम्मेदवार राई विभिन्न घरदैलोमा पुग्दा युवादेखि वृद्ध-वृद्धासम्मको सक्रिय सहभागिताले राईको चुनावी माहोल तातिएको देखिन थालेकाे हो ।
उम्मेदवार राईले आज नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ स्थित धम्बोझीको विभिन्न बस्तीको घरदैलोमै पुगेर मतदाताहरूसँग भेटघाट गर्नुभएको छ । जनताको घरदैलोमै पुगेर मतदातासँग प्रत्यक्ष संवाद गर्ने अभियानलाई प्राथमिकता दिँदै राईले स्थानीय बासिन्दासँग भेटघाट गर्दै उनीहरुको समस्या, सुझाव र अपेक्षा सुन्नुभयाे ।
मतदाताहरुले रोजगारी, शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास तथा सामाजिक सुरक्षासँग सम्बन्धित विभिन्न समस्या खुलस्त रुपमा राखेका थिए । उनीहरुले स्थानीयस्तरमा देखिएका चुनौती समाधानका लागि प्रभावकारी भूमिका निर्वाह गर्न आग्रह गरेका थिए ।
घरदैलो अभियानकै क्रममा युवा, महिला, पुरुष र वृद्ध आमासँगको भेट विशेष भावनात्मक बनेको थियो । वृद्ध आमाले उम्मेदवार राईलाई आशीर्वाद दिँदै, “जानुस्, तपाईंको मेरो शुभकामना छ,” भन्दै शुभेच्छा व्यक्त गर्नुभएको थियोे ।
वृद्धाबाट पाएको आशीर्वादले आफूलाई थप जिम्मेवार र उत्साहित बनाएको उम्मेदवार राईले प्रतिक्रिया दिनुभयाे । यस अभियानले ग्रामीण क्षेत्रसम्म चुनावी गतिविधि फैलिँदै गएको देखिएको छ । धम्बोझी क्षेत्रका बासिन्दाले उम्मेदवार राईलाई स्वागत गर्न पाउँदा उत्साहित देखिएका थिए ।
यस्तै आज बुधबार धम्बोझीमा आयोजित एमाले निर्वाचन प्रचार-प्रसार कर्यालयको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै राईले आफुले विकासको काम गरेको कामलाई वडा नम्बर १ का जनताले राम्ररी महसुस गरेको दाबी समेत गर्नुभयो ।
आफू सांसद र मन्त्री छँदा धम्बोझीमा कार्यान्वयन गरेका आयोजनाहरूको दृष्टान्त दिँदै राईले वडा नम्बर १ का मतदाताले आफूलाई बढी माया गर्ने मध्ये एक रहेको जिकिर गर्नुभयो । ‘यहाँका वडाध्यक्ष र “म” पहिले फरक पार्टीमा थियौं, विचारधारा पनि फरक थियो । तर आफ्नो वडको विकास तर्फको सवालमा भने हाम्रो कुरा मिल्यो, उहाँ पनि काम गर्न चाहने मान्छे, म पनि “राईले” भन्नुभयो ।
हामीले यो वडामा वाटरपार्क, चिल्ड्रेन पार्क, ब्याडमिन्टन कोर्ट, सार्वजनिक भवनहरू निर्माण र बाटोघाटो निर्माण कार्यलाई मिलेर गर्यौं।’, उहाँले भन्नुभयो, ‘यसपटक फेरि मलाई सूर्य चिन्हमा मतदान गरि विजयी गराउनुभयो भने यस क्षेत्रको मुहार फेर्न तयार रहेको प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।
राईले पछिलो ३ वर्षे कार्यकाल र अरूको विगतको कार्यकालको तुलना गरेर मूल्यांकन गर्न पनि मतदाताहरू समक्ष आग्रह गर्नुभयो । आफू विगतमा सानो पार्टीमा रहँदा समेत बाँकेमा उल्लेख्य विकास निर्माणका आयोजनाहरू ल्याउन सफल भएको बताउनुभयो ।
चुनावी अभियानमा संगै हिडिरहेका नेकपा एमाले बाँकेका सचिवालय सदस्य शकील खानका अनुसार ग्रामीण क्षेत्रमा एमालेप्रति जनलहर बढ्दै गएको छ । उहाँले जनताको सक्रिय सहभागिता र उत्साहले पार्टीको पक्षमा सकारात्मक वातावरण सिर्जना हुदै गएको दाबी गर्नुभयाे ।
यसैबीच राईले कार्यक्रममा जेनजी आन्दोलनमा सहादत प्राप्त गरेका धम्बोझीका दुईजना युवाप्रति श्रद्धान्जली व्यक्त गर्दै उनीहरूको सम्मानमा आफूबाट हुनसक्ने सहयोग गर्न इच्छुक रहेको बताउनुभयो । शहीद युवाहरूको सम्मानमा शहीद गेट र शालिक बनाउने वडा नम्बर १ को सह्राना पनि राईले गर्नुभएको थियो।





