नेपालगन्ज र डुडुवामा मतदाता भेटघाट क्रममा चुनावी माहोल क्रमशः राईतर्फ ढल्किँदै गएको संकेत

नेपालगन्ज । नजिकिदै गरेको प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेबाट बाँके क्षेत्र नम्बर २ का उम्मेदवार मोहम्मद इश्तियाक राईले आइतबार नेपालगन्ज र डुडुवामा स्थानीय मतदातामाझ भेटघाटमा जुट्नु भएको छ ।चुनावी अभियानका क्रममा पुर्वमन्त्री समेत रहेका उम्मेदवार राईले नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १९ शान्तिनगर र नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ५ एवम् डुडुवा गाउँपालिका वडा नम्बर ४ मा पुगेर मतदातासँग भेटघाटमा जुट्नु भएको हो ।

निरन्तर घरदैलो, प्रत्यक्ष संवाद र व्यवहारमै प्रतिबद्धता देखाउन सकेकै कारण राईप्रति भरोसा बढ्दै गएको स्थानीयहरू बताउँछन् । यही भरोसाले यहाँको चुनावी माहोल क्रमशः उहाँतर्फ ढल्किँदै गएको संकेत गर्छ ।सो क्रममा उनले डुडुवा–४ मा निर्वाचन प्रचार प्रसार कार्यालय समेत उद्घाटन गर्नु भएका थिए । मतदाता भेटघाटका क्रममा उम्मेदवार राईले आफुलाई सहयोग गर्न अपिल गरेको एमाले नेता सकिल खानले जानकारी दिए । सो क्रममा नेकपा एमालेका नेता तथा कार्यकर्ताहरुको पनि उपस्थिती रहेको खानले बताए ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button