बाँके २ मा जताततै ईस्तियाक राई कै चर्चा

मेराज सल्मानी

बाँके । २ नम्बर निर्वाचन क्षेत्रमा नेकपा एमालेका उम्मेदवार तथा पूर्वमन्त्री मोहम्मद ईस्तियाक राई को जता ततै चर्चा यतिबेला व्यापक देखिएको छ।

जिल्लाका विभिन्न स्थानमा आयोजित घरदैलो तथा भेटघाट कार्यक्रममा उनको सहभागिता बढेसँगै मतदातामाझ विकास निर्माणका एजेन्डा पनि केन्द्रित रहेको छ।

विशेषगरी नेपालगन्ज उपमहानगरपालिका र डुडुवा गाउँपालिका क्षेत्रमा पुग्दा स्थानीय बासिन्दाले राईले अघि सारेका पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य तथा रोजगारीसम्बन्धी योजनाको चर्चा गर्ने गरेका छन्।

स्थानीय मतदाताहरूका अनुसार विगतमा मन्त्री रहँदा उनले जिल्लामा ल्याएका केही योजनाका कारण पनि अहिले उनको उम्मेदवारीलाई विकाससँग जोडेर हेरिएको छ।

चुनाव नजिकिँदै जाँदा बाँके–२ मा राजनीतिक सरगर्मी बढ्दै गएको छ भने उम्मेदवारहरूबीच प्रतिस्पर्धा पनि रोचक बन्दै गएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button