बाँकेका मिडिया नियाल्दा : इश्तियाक धेरै बलियाे 

नेपालगन्ज – प्रेस युनियनमा आवद्व सञ्चारकर्मीहरुले लेखे, ´इस्तियाकलाई टक्कर दिंदै सुधान्शु ।`

प्रेस सेन्टरसँग आवद्व रहेका सञ्चारकर्मीहरुले लेखेका छन्, ´इस्तियाक र दिपेन्द्र विष्टकाे कडा टक्कर ।`

यी दुईथरी समाचारसँगै रास्वपा समर्थितले पनि ´इस्तियाक र विवेक श्रेष्ठबीच प्रतिस्पर्धा` भनिरहेका छन् ।

नेपालगन्जका मिडिया र सामाजिक सञ्जालमा देखिएका यी र यस्ता समाचार हेर्दा बाँके क्षेत्र नम्बर २ मा एमालेका उम्मेदवार इस्तियाक राई धेरै बलियाे रहेकाे सबैले स्वीकार गरेका छन् ।

सबै पार्टीका उम्मेदवारले इस्तियाकलाई प्रतिस्पर्धी र बलियाे देख्नु भनेकाे इस्तियाक धेरै अगाडि रहेकाे स्वीकार गरेकाे रुपमा बुझ्छन् राजेन्द्र कँडेल । उनले भने, ´इस्तियाककाे जीत निश्चित छ । अरुले उनीसँग प्रतिस्पर्धीमा नाम जाेडेर आफूलाई चर्चामा ल्याउने प्रयास गरेका हुन् ।`

इस्तियाक आफैमा ´ब्रान्ड` हुन् । त्यसमा पनि बलियाे र अनुशासित नेता तथा कार्यकर्ता रहेकाे पार्टी एमालेमा आएर उम्मेदवार बनेपछि उनी बलियाेमा झन् बलियाे भएका छन् । बाँकेमा इस्तियाकले गरेकाे विकासले उनकाे उचाई धेरै माथि पुर्याएकाे छ । व्यक्तित्व हेर्दा अरु भन्दा सशक्त मात्रै छैनन्, अरुले याे काम गर्छु, त्याे काम गर्छु भनिरहदा उनले आफूले गरेकाे काम देखाएर प्रमाणित कुरा गरिरहेका छन् ।

देवतूल्य मतदातालाई फेरि अवसर दिन हात जाेडिरहेका इस्तियाकले बाँकेलाई समृद्ध गराउने आफ्नाे अभियान र सपनालाई साकार गराई दिन अनुराेध गरिरहेका छन् । मतदाताले पहुँच र क्षमता भएका उम्मेदवारलाई राेज्ने मुड बनाइरहदा इस्तियाककाे विकल्प देखिएकाे छैन ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button