भारतबाट ल्याइएका अवैध सामान बरामद

बाँके, नेपालगन्ज । सशस्त्र प्रहरीले भारतबाट अवैध रुपमा नेपालतर्फ ल्याइँदै गरेको ११ लाख रुपियाँ भन्दा बढी मूल्य बराबरका विभिन्न सामान बरामद गरेको छ।

 सशस्त्र प्रहरी बल नेपाल नं. ३० गण मुख्यालय बागेश्वरी, बाँकेबाट सशस्त्र प्रहरी नायब उपरीक्षक लक्ष्मण सिंह थापाको कमाण्डमा खटिएको मोबाइल टोलीले उक्त सामान बरामद गरेको हो।

टोलीले नेपालगन्ज उपमहानगरपालिका–१५ पिप्रहवाबाट भारतबाट अवैध रूपमा नेपाल भित्र्याउँदै गरेको अनुमानित करिब ११ लाख ४० हजार ७ सय बराबरको लत्ताकपडा, घण्टी, चुरोट तथा विभिन्न किसिमका किराना सामान नियन्त्रणमा लिएको जनाएको छ।

फागुन २५ र २६ गते बरामद गरिएका सामान आवश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालय जमुनाहा, बाँकेमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button