खजुरा ४ मा युवालाई प्रविधि क्षेत्रमा सक्षम बनाइदै

बाँके । बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ४ ले बालबालिका र युवाहरुलाई सुचना प्रविधि क्षेत्रमा सक्षम बनाउन अभियान थालेको छ ।
वडा कार्यालयले बाल क्लब तथा युवा क्लबहरुको सचेततामुलक तथा क्षमता अभिवृद्दी कार्यक्रम अन्तर्गत
डिजिटल साक्षरता तथा साइवर सुरक्षा तालिम संचालन गरेको छ ।
तालिमका प्रमुख प्रशिक्षक प्रकाश उपाध्यायले बाल क्लव तथा युवा क्लबका पदाधिकारी र सदस्यहरुको क्षमता अभिबृद्दिका लागि कार्यक्रम गरिएको जानकारी दिनुभयो ।
तालिममा प्रमुख प्रशिक्षक उपाध्याय, नेपाल पत्रकार महासंघ लुम्बिनीका सचिब गोविन्द शर्मा, पत्रकार खगेन्द्र दाहाल,इलाका प्रहरी कार्यालय धनौलीका प्रहरी सहायक निरीक्षक पवन भट्ट लगायतले सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा वडा नम्बर ४ अन्तरगतका करिब ६० जनाको सहभागिता रहेको थियो ।
सहभागीहरुलाई वडा सदस्यहरु बलबहादुर बिसी, बल बहादुर कठायत, लिला सुनार लगायतले प्रमाणपत्र वितरण गर्नुभएको थियो ।





